खर्बौँको बजेट पाउने ‘टप फाइभ’ मन्त्रालय

सरकारको बजेट प्राथमिकताको टप फाइभ मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परेको छ । यी मन्त्रालयहरूले कुल बजेट हिस्साको झण्डै ४३ प्रतिशत (४२.९५) हिस्सा होल्ड गरेका छन् । जसमध्ये एउटैले मन्त्रालयले खर्ब माथिको बजेट पाएका छन् । सरकारको बजेट वक्तव्य अनुसार मन्त्रालयगत रूपमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि सबैभन्दा बढी बजेट पाउनेमा शिक्षा, विज्ञान तथा प्रविधि