हेटौंडा : बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि बजेट खर्च गत वर्षकै लयमा गर्ने भएको छ। खर्च बढाउन आर्थिक वर्षको अन्तिममा जथाभावी बजेट बाँड्दै आएको प्रदेश सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने देखिएको हो।चालू आवको १० महिनामा प्रदेश सरकारले गरेको निराशाजनक बजेट खर्चले यस वर्ष पनि आवको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च हुने छाँट देखिएको हो। चालू आवको १० महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको ३५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अ