अघिल्ला वर्षमा साउने सोमबार कुश्माको गुप्तेश्वर गुफामा श्रद्धालुको ठेलमठेल हुन्थ्यो । कुश्माकै मोदीवेणी र कटुवाचौपारीको अलपेश्वर गुफामा पनि उस्तै हुन्थ्यो तर यसपालि भने त्यस्तो देखिएन । रोपाइँको चटारो, यातायात सेवा ठप्प, कोरोना संक्रमणको जोखिम तथा स्थानीय प्रशासनको निषेधाज्ञा कायमै रहेकोले भक्तजनको उपस्थिति नदेखिएको हो ।