नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको सवारीसाधन पनि बाक्लै देखिन्छ । सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली छ । घण्टौँ जाममा बस्नुपर्ने समस्या छैन । बजार, पसल पनि फाट्टफुट्टमात्र खुलेका छन् । दसैँमा करिब २० लाख मानिस राजधानीबाट बाहिर गएको अनुमान गरिएको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवत