बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

पर्वत : कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत वर्षको दशैंमा सुनसान रहेको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा यस वर्षको घटस्थापनामा भने भीडभाड भएको छ।कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै जाँदा घटस्थापनाका दिन बिहानैबाट दर्शनार्थीहरूको भीड लागेको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए।धेरै भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको भगवती मन्दिरमा अघिल्लो वर्ष चाहेर पनि पूजाआजा गर्न नपाएकाहरू यस वर्ष भने घटस्थापनाकै दिनबाट मन्दिरमा पुगेको उनको भनाइ छ