म्याग्दी : विगतका वर्षहरूमा साउने सोमबारका दिन म्याग्दीको गलेश्वर मन्दिरमा श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गर्दथ्यो।बेनीकै बेनी शिवालयलगायत जिल्लाका विभिन्न ठाउँहरूमा रहेका देवालयहरूमा पूजा गर्ने र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको ठेलाठेल हुन्थ्यो। तर, यसपालि भने त्यस्तो देखिएन।असारको पहिलो सातादेखि कम हुँदै गएको कोरोना संक्रमण साउन शुरू भएदेखि पुनः बढ्न थाल्नु, किसानहरूलाई रोपाइँको चटारो हुनु, यातायातका साधनहरू पनि राम्रोसँग सञ्चालन हुन नसक्नु र निषेधाज्ञा कायमै रहनुजस्ता कारणले गर्