बडा दसैंको पहिलो दिन अर्थात्, घटस्थापनामा पोखराका शक्तिपीठहरु सुनसान बनेका छन् । पोखरा क्षेत्रमा बुधबार रातिदेखिको अविरल वर्षाका कारण श्रद्धालु भक्तजनहरू विभिन्न शक्तिपीठको दर्शन गर्न जान सकेका छैनन् ।तालबाराही, विन्ध्यवासिनी, भद्रकाली लगायतका मन्दिर सुनसान बनेका छन् । सरकारले कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै निषेधाज्ञा हटाएसँगै मन्दिरमा पूजाआजा गर्ने भक्तजनको संख्या बढ्दै गएको थियो ।विगतमा घटस्थापनाको दिन पोखराका शक्तिपीठ तालबाराही, भद्रकाली, विन्ध्याबासनी लगायतका मन्दिरहरूमा दुर्गा पूजा ग