बङ्गलादेश सरकारले विदेशी मुद्रा बचाउन भन्दै बलिउड अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम रद्द गरिदिएको छ । बङ्गलादेशको सांस्कृतिक मामिलासम्बन्धी मन्त्रालयले सूचना निकालेर राजधानी ढाकामा हुन लागेको कार्यक्रम रद्द गरेको बीबीसीले जनाएको छ ।
विज्ञप्तिमा देशमा अमेरिकी डलरको सञ्चितिको अवस्था कमजोर रहेको भन्दै विदेशी मुद्रा सञ्चिति जोगाइराख्न यस्तो निर्णय गर्नुपरेको उल्लेख छ । ढाकामा आयोजित वुमन लिडरशीप को–अपरेशन नामको महिला नेतृत्वसम्बन्धी कार्यक्रममा भारतीय चलचित्र उद्योगकी अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम राखिएको थि...