वैशाख २७, काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सुनसरीको ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै इटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ सेवामा सहज पहुँच पुग्ने जानकारी दिइएको छ ।
२०५४ साल वैशाखदेखि सञ्चालनमा रहेको कम्पनीको २०७७ चैत्र मसान्तसम्ममा चुक्तापूँजी रू. ८८ करोड १० लाख, निक्षेप रू. ५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी रू. ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ ।
शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुँच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको कम्पनीले बताएको छ ।
कम्पनीले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट छिट्टै नै वित्तीय कारोबार प्रारम्भ गर्न लागेको समेत जानकारी दिएको छ ।