काठमाडौँ। नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई अस्तित्व समाप्त पारिदिने धम्की दिएका छन्। प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार दिउँसो पौडेललाई फोनमार्फत सो धम्की दिएका हुन्।