एमाले नेता राजेन्द्र राईले दिए प्रमुख प्रशासकीय अधिकृतलाई ज्यान मार्ने धम्की

नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन्।  प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार दिउँसो पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । आफूहरुलाई हेप्ने गरेको भन्दै राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियोमा सुन्न सकिन्छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने पौडेललाई राईको चेतावनी छ । उ

सम्बन्धित सामग्री

धनकुटामा प्रमुख प्रशासकीय अधिकृतलाई धम्की दिएको भन्दै विरोध

पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धम्की दिएको भन्दै कर्मचारीले शुक्रबार विरोध जनाएका छन् । बिहीबार अपराह्न ४:५२ बजे सांसद राईले टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । घटनाको विरोधस्वरुप कर्मचारीले पेनडाउन गरेको हुन् ।

प्रशासकीय अधिकृत पौडेललाई एमाले नेता राईले दिए ज्यान मार्ने धम्की

काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । प्रतिनिधिसभाका निवर्तमान सांसद समेत रहेका राईले बिहीबार अपराह्न पौडेललाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । पौडेलले प्रशासनलाई बताए अनुसार एक्कासि फोन नगरेर धम्की दिएको हो । उनले भने ‘एक्कासि ४ बजेर ५२ मिनेट […]

एमाले नेता राईलाई कारबाहीको माग गर्दै पाख्रीवासका कर्मचारीद्वारा ‘पेन डाउन’

धनकुटा। नेकपा एमालेका नेता राजेन्द्र कुमार राईलाई कारबाहीको माग गर्दै धनकुटाको पाख्रीवास नगरपालिकाका कर्मचारीहरुले ‘पेन डाउन’ गरेका छन्। एमाले नेता तथा निवर्तमान सांसद राईले प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएपछि कर्मचारीले पेन डाउन गरेका हुन्।

अधिकृतलाई गोली हान्ने धम्की दिँदै चन्दा माग्ने कार्यालय सहयोगी पक्राउ

बारामा प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएर चन्दा मागेको आरोपमा प्रहरीले एकजना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई धम्की दिएर  चन्दा मागेको आरोपमा सोहि गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी मुकेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोनबाट १५ लाख रूपैयाँ एक घण्टाभित्र नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको बारा प्रहरी  प्रवक्ता डिएसपी गौतम म

सांसदले कार्यालय प्रमुखलाई धम्की दिएपछि कामकाज ठप्प

सर्लाहीः सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ । सदस्य ...