अधिकृतलाई गोली हान्ने धम्की दिँदै चन्दा माग्ने कार्यालय सहयोगी पक्राउ

बारामा प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिएर चन्दा मागेको आरोपमा प्रहरीले एकजना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई धम्की दिएर  चन्दा मागेको आरोपमा सोहि गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी मुकेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोनबाट १५ लाख रूपैयाँ एक घण्टाभित्र नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको बारा प्रहरी  प्रवक्ता डिएसपी गौतम म

सम्बन्धित सामग्री

गाउँपालिकाका कार्यालय सहायकले प्रमुख प्रशासकीय अधिकृतसँग मागे १५ लाख फिरौती

बारा। सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी मुकेशप्रसाद यादव छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। यादवले फिरौती रकम माग गरी एक घण्टाभित्र नदिएमा गोली प्रहार गरी हत्या गरिदिने धम्की दिएको प्रहरीले जनाएको छ।

१५ लाख रुपैयाँ नदिए अधिकृतलाई गोली हान्छु भन्ने कार्यालय सहयोगी पक्राउ

फिरौती मागेको आरोपमा सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादवलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

हाकिमसँग १५ लाख फिरौती माग्ने सहयोगी पक्राउ

न्युज अफ नेपाल, हेटौंडा । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई एसएमएस र अपरिचित नम्बरबाट फोन गरी १५ लाख रुपियाँ फिरौती मागेको अभियोगमा उहाँकै कार्यालयका सहयोगी युवा पक्राउ परेका छन् ।‘एक घण्टाभित्र पैसा नदिए गोली हानेर हत्या गर्ने’ भन्दै पटकपटक फोन तथा म्यासेज गरी फिरौती माग गरेका सोही गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी […]