काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन्।कार्यकालको १०० दिन पुगेको सन्दर्भमा सामाजिक सञ्जालमार्फतमार्फत ६ बुँदे स्पष्टीकरण प्रस्तुत गर्दै साहले आफूहरूप्रति रहेको विश्वास र समर्थनलाई निराश बन्न नदिने बताएका छन्।उने आफू १०० दिनको दौडमा नभएको भन्दै ५ वर्षका लागि योजना रहेको उल्लेख गरेका छन्। ‘हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ’, उनले भनेका छन्, ‘तर हतार गरेर