ओखलढुंगा : ओखलढुंगा सामुदायिक अस्पतालमा पाँच बेड आइसियुसहित दुई भेन्टिलेटर खरिद गर्ने जेठ १६ को निर्णयलाई राजनीतिक दबाबपछि परिवर्तन गर्दै स्वास्थ्य मन्त्रालयले ओखलढुंगा सामुदायिक अस्पतालको सट्टा जिल्ला अस्पताल रुम्जाटारको लागि निर्णय गरेको छ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले २०७६ जेठ ३ गते सामुदायिक (अस्पताल मिसन) मा भेन्टिलेटर जडान गर्न स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयसहितको पत्र विघटित प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारमार्फत सोही द