आइसियु र भेन्टिलेटर पाउनै मुस्किल, शय्या अभावमा फर्काइँदै संक्रमित

जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।

सम्बन्धित सामग्री

जनशक्ति नहुँदा थन्किए भेन्टिलेटर समस्यामा संक्रमित

कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। २०७७ असोजसम्म पहाडी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए। तर कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिरहँदा पनि डडेल्धु...

दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन

जेठ ४, सिरहा । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ संक्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ ।  जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जानकारी दिएको छ । भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारओटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिए । सिरहा अस्पतालमा एचडियु १५ शय्या र आइसियु पाँच शय्या र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन । सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।  यसैबीच, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सिरहा अस्पतालको निरीक्षण गरेका छन् ।  अक्सिजन सिलिण्डर संकलन  सिरहा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न निजी उद्योगहरुबाट ३३ थान अक्सिजन सिलिण्डर संकलन गरेको छ ।  कोभिड–१९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भइरहेका बेला इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका–१ स्थित सूर्या सिमेन्ट उद्योगबाट ३० र कर्जन्हा नगरपालिका–४ बन्दीपुरस्थित प्रशान्त बालुवा प्रशोधन क्रसर उद्योगबाट तीन गरी ३३ थान सिलिण्डर संकलन गरेको हो ।  संकलित सिलिण्डर जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति (डिसिसिएमसी) सिरहाको निर्णयबमोजिम स्वास्थ्य कार्यालयको पत्रानुसार अक्सिजन पुर्नभरण गरी आवश्यकताअनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

संक्रमितले भरियो हेटौंडा अस्पतालको बेड, अक्सिजन पनि छैन

श्रीजना नेपालहेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख

आइसियुमा ८३२ र भेन्टिलेरमा २६७ संक्रमित

नेपालमा कोरोना सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियु) र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।  प्रदेश नंं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका छन् । यस्तै प्रदेश नंं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सूदुरपश्चिम ११ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५०  सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार स...

आइसियु र भेन्टिलेटर पाउनै मुस्किल, शय्या अभावमा फर्काइँदै संक्रमित

जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।

कोरोना संक्रमितलाई आइसियु र भेन्टिलेटर चाहिए यहाँ सम्पर्क गर्नुहोस्

काठमाडौं : कडा लक्षणसहितका कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा सामान्य वेड मात्रै होइन आइसियु र भेन्टिलेटर पनि भरिन थालेका छन्।संक्रमित बढ्दै गएपछि सहज रुपमा वेड पाउन मुस्किल छ। होम आइसोलेशनमा रहेकालाई पनि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने क्रम बढेको छ। यस्ताे अवस्थामा कुन अस्पतालमा जाने भन्ने अलमल हुन सक्छ।यस्तो नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा कोरोनाको उपचार हुने अस्पताल र त्यहाँका कोरोना फोकल पर्सन चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

देशभर २१३ संक्रमित आइसियु र ६९ जना भेन्टिलेटरमा, सबैभन्दा धेरै उपत्यकाका

काठमाडौं  : उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा विभिन्न अस्पतालमा ६१ जना संक्रमित आइसियुमा र ४७ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै,  ४ सय ७१ जना आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उपचार गर्ने मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १२ जना भेन्टिलेटरमा, ५२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ जना आइसियुमा, ५ जना भेन्टिलेटर र ४३ जना आइसोलेसनमा छन्। यस्तै, पाटन अस्पतालमा ८ जना आइसियुमा, १० जना भेन्टिलेटर र ७२ जना आइसोले

कोरोनाको दाेस्रो लहर : न कन्ट्याक्ट ट्रेसिङ, न समुदायमा परीक्षण

काठमाडौं : कोरोना संक्रमणको सेकेन्ड वेभ अर्थात् दोस्रो लहर तिव्र रुपमा फैलिइरहेको छ। संक्रमितकाे संख्या बढ्दै गएसँगै दिनप्रतिदिन अस्पताल भर्ना हुने र मृत्युदर पनि उकालो लाग्दै गइरहेको छ।काठमाडाैं उपत्यका तथा बाहिरी जिल्लाका कोभिड अस्पतालमा रहेका आइसियु र भेन्टिलेटर बेड संक्रमितले भरिएका छन्।लक्षण भएका संक्रमित अस्पताल भर्ना हुने र सामान्य अवस्था रहे घरमै आइसोलेसनमा बसी उपचार गरिरहेका छन्। संक्रमितको सम्पर्कमा आएका सबै उच्च जोखिममा रहन्छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सा

१४ जना भेन्टिलेटरमा सहित १ सय ७० कोरोना संक्रमित आइसियुमा

काठमाडौं - देशभर १ सय ७० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १४ जना भेन्टिलेटर र १ सय ५१ जना आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बागमती...

१ सय २ कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा

काठमाडौं - देशभर १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। चार जना भेन्टिलेटर सहित १ सय २ जना संक्रमित आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...