पर्वत : कोभिड–१९ का सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा उनीहरूलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।पर्वत अस्पतालमा त्यसका लागि पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि उपलब्ध छन्। तर आइसियु र भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था भने छैन।करिब पाँच महिना अगाडि नै आइसियु र भेन्टिलेटर सेटिङ गरेर आफूहरू तयारी अवस्थामा बसेको भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटरमा बिरामी आइहाले त्यो सुविधा दिन नसक