जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु एक वर्षदेखि प्रयोगविहीन

बैतडी : जनशक्ति अभावमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आइसियु त्यतिकै थन्किएको हो।कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको  अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए।‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ,’ उनले भने‚ ‘भेन्टिलेटर सञ

सम्बन्धित सामग्री

जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसियु

तम्घास – गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन। आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो। भवन […]

सञ्चालन हुन सकेन अस्पतालको आइसियु सेवा

जटिल प्रकृतिका बिरामीको उपचार गर्न आवश्यक पर्ने भ्यान्टीलेटरसहितको आइसियु सेवा झण्डै तीन वर्षदेखि बन्द हुँदा बिरामी मर्कामा परेका छन् ।

प्रयोगमा आएन भेन्टिलेटर

कोभिड–१९ महामारीका समयमा गुल्मी अस्पतालमा स्थापित दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु खासै प्रयोगमा आउन सकेको छैन । नेपाल सरकारको दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगमा छैनन् । गुल्मी जिल्लालगायत छिमेकी जिल्लाका सयौँ जनताले उपचार गर्ने अस्पतालमा विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु उपयोग नभएको बताइन्छ ।

केएमसीमा १३४ शय्याको आइसियु थप

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले थप १३४ शय्याको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ। केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले आइतबार आइसियु सेन्टरको उद्घाटन गरेका छन्।केएमसीको व्यवस्थापन गत वर्षदेखि फेरिएको हो। विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा बढाउँदै लगेको छ। पहिले आइसियुका ३४ शय्या थिए। अहिले १३४ शय्या थपेको हो।१६८ शय्या क्षमताको आइसियु सेन्

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण गर्छ : विज्ञ

पुस २८, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ) ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रामण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ’, उनले भने ।  अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण हुने बताइन् । ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा संक्रमण हुने गर्दथ्यो’, उनले भनिन् ।  ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।  ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ । संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्रो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा संक्रमण गराउने बताए । उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिए । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।  बच्ने उपाय      यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।  यस्तै संक्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसंख्याको ७६ दशमलव ५ प्रतिशतले पहिलो मात्रा र ५६ दशमलव ९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।  यस्तै कुल जनसंख्याको ५० दशमलव २ प्रतिशतले पहिलो मात्रा र ३७ दशमलव ३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।  संक्रमण दर बढ्दै  संक्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । यही पुस १९ गते २ दशमलव ६ प्रतिशतमा रहेको संक्रमण दर पुस २७ गते १८ दशमलव ६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२ दशमलव ७ प्रतिशत, पुस २५ गते ९ दशमलव २ प्रतिशतमा मात्र संक्रमण दर रहेको थियो । पुस २० गते ४ दशमलव २ प्रतिशत, पुस २१ गते ४ दशमलव ३ प्रतिशत, पुस २२ गते ४ दशमलव ५ प्रतिशत, पुस २३ गते ६ दशमलव ५ प्रतिशत र पुस २४ गते ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको थियो ।  पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा संक्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ संक्रमित र सात हजार ८५५ सक्रिय संक्रमित तथा पुस २५ गते संक्रमित एक हजार १६७ पुगेको र सक्रिय संक्रमित छ हजार ७५५ देखिएका छन् ।  ओमिक्रोन भेरियन्ट रोकथामको तयारी सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आईसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ । उनका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् ।  यस्तै, अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सट्रेटर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ ओटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आईसोलेशन शय्या, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् ।  मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । ‘पोजेटिभ संक्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौ, मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन् । रासस

जो सम्हाल्छिन् जहिल्यै भरिभराउ हुने टेकु अस्पतालको आइसियु(भिडियाे)

३० वर्षदेखि लगातार बिरामीको सेवामा सक्रिय नर्स उषा देवकोटासँग प्रतिभा चन्दले गरेको कुराकानी।

सर्पदंशको उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सञ्चालनमा आएन

सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियु र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका बिरामीहरू समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियु र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीहरू बढे पनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ […]

१० दिन बित्न लाग्यो, १४ किलोमिटर पार भएन डाक्टरहरूको

जनकपुरधाम : जनकपुरधामदेखि जलेश्वर मात्र १४ किलोमिटर छ। तर १० दिन बित्न लाग्दा पनि प्रदेश सरकारले पठाएका तीन जना डाक्टरले उक्त दूरी पार गर्न सकेका छैनन्। महोत्तरीको जलेश्वर अस्पतालमा एक वर्षदेखि थन्केर राखिएको करोडौं लगानीमा जडान गरिएको आइसियु र भेन्टिलेटरसहितको सेवा सञ्चालन गर्न प्रदेश २ सरकारले उनीहरूलाई जलेश्वर अस्पताल पठाएको थियो। प्रदेश सरकारले वैशाख २७ गते १ जनालाई र २८ गते २ जना गरी तीन जना डाक्टरलाई त्यहाँ पठाएको थियो। उनीहरू  नवौ तहका फिजिसियन डा.रवि रंजन प्रधान, सहाय

आएन प्रयोगमा भेन्टिलेटर

विशेषज्ञ चिकित्सकको अभावमा जिल्ला अस्पताल दैलेखमा जडान गरिएको भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। कोरोना सङ्क्रमणकाे दर तीव्र गतिमा फैलिएका बेला दैलेख अस्पतालमा ४६ लाख ५० हजार लागतमा पाँच आइसियु बेड, दुई भेन्टिलेटर जडान गरिएका थिए। आइसियु र भेन्टिलेटर कक्ष जडानपछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका स्थानीय जटिल खाले उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यतामा रहेका छन्। दक्ष जनशक्तिको अभाव भन्दै चार वर्षदेखि आइसियु कक्ष र भेन्टिलेटर थन्क्याएर राखिएको छ।

गुल्मी अस्पतालमा करोडौँको स्वास्थ्य उपकरण स्टोरमै

गुल्मी अस्पतालमा एक वर्षदेखि दुई वटा भेन्टिलेटर सहितको पाँच बेडको आइसियु अलपत्र अवस्थामा रहेको छ । एक करोड पचास लाख बढीको उपकरण प्रयोगमा आउन सकेको छैन ।