कोरोना बीमाको दाबी भुक्तानी गर्न नेपाल पुनर्बीमा कम्पनीले पैसा नदिने

कोरोना बीमाको दाबी भुक्तानीमा फेरि समस्या उत्पन्न भएको छ । अर्थ मन्त्रालयले दिएको १ अर्ब रूपैयाँमा ८१ करोड रूपैयाँ थप गरेर भुक्तानी गर्न खोज्दा समस्या उत्पन्न भएको हो ।अर्थ मन्त्रालयले असोज तेस्रो साता नै कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि बीमा समिति (अहिले बीमा प्राधिकरण) लाई १ अर्ब रूपैयाँ निकासा दिएको थियो । प्राधिकरणले मन्त्रालयबाट प्राप्त भएको रकमलाई ५५ प्रतिशत मानी त्यसमा ४५ प्रतिशत थप गरेर भुक्तानी गर्ने मोडालिटी बनाएको थियो ।प्राधिकरणले तय गरेको मोडालिटीमा अर्थ मन्त्रालयले दिएको १ अ

सम्बन्धित सामग्री

नेपाल पुनर्बीमा कम्पनीको जीवन बीमा व्यवसायको नाफा घट्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार निर्जीवन बीमा व्यवसायबाट रू. १७ करोड ८४ लाखभन्दा बढी र जीवन बीमा व्यवसायबाट रू. १ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको यसै अवधिसम्मको तुलनामा भने कम्पनीको निर्जीवन बीमा व्यवसायबाट भएको खुद नाफा बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. १६ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । जीवन बीमा व्यवसायबाट भने गत वर्ष रू. ७ करोड ५० लाखभन्दा बढी खुद नाफा भएकोमा यस वर्ष गत वर्षभन्दा कम नाफा भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी निर्जीवन बीमा व्यवसायबाट उल्लेख्य मात्रामा बढेको छ । गत वर्ष निर्जीवन बीमा व्यवसायबाट रू. २६ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६९ करोड ८३ लाखभन्दा बढी आम्दानी गरेको हो ।  जीवन बीमा व्यवसायबाट हुने आम्दानी भने यस वर्ष रू. ९ करोड ९६ लाखभन्दा बढीले घटेको छ । गत वर्ष जीवन बीमा व्यवसायबाट रू. ११ करोड ९९ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ करोड ३ लाखभन्दा बढी मात्र गरेको छ । दोस्रो त्रैमासससम्म कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोडभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ रू. ५ अर्ब ३९ करोडभन्दा बढी र जीवन बीमा व्यवसायतर्फ रू. ६३ करोडभन्दा बढी छ ।  बीमा कोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ मात्र रू. २ अर्ब ५१ करोडभन्दा बढी कायम छ । कम्पनीको कुल बीमा शुल्क आर्जन भने यस वर्ष घटेको छ । गत वर्ष रू. २ अर्ब ७१ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १ अर्ब ६९ करोडभन्दा बढी मात्र कुल बीमा शुल्क आर्जन गरेको हो । दाबी भुक्तानी रकम भने गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष रू. ९६ करोडभन्दा बढी भएकोमा यस वर्ष रू. १ अर्ब ३ करोडभन्दा बढी भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ४८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७३ दशमलव ३४ रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरूले पुनर्बीमा कमिशनबापत कमाए २ अर्ब २३ करोडभन्दा बढी

काठमाडौं । नेप्सेमा सूचीकृत १६ निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससम्म पुनर्बीमा कमिशनबापत रू. २ अर्ब २३ करोड आम्दानी गरेका छन् । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा शून्य दशमलव ३२ प्रतिशत कमी आएको हो । गत आवको दोस्रो त्रैमाससम्म यी कम्पनीहरूले पुनर्बीमा कमिशनबापत रू. २ अर्ब २४ करोड आम्दानी गरेका थिए । ‘चालू आवमा कम्पनीहरूको दाबी भुक्तानी बढेकाले पुनर्बीमा कमिशन घटेको हो,’ प्रुडेन्सियल इन्स्योरेन्सकी पुनर्बीमा प्रमुख उदिता जोशी भनिन् । उनका अनुसार दाबी भुक्तानी घट्यो भने यस्तो कमिशन बढ्ने गर्दछ । ‘पुराना दाबीहरूको भुक्तानी गर्नुपरेकाले पनि कम्पनीहरूको पुनर्बीमा कमिशन घटेको हो,’ उनले प्रष्ट्याइन् ।  १६ कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत रू. ३४ करोड ६१ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा ७ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबापत रू. ३२ करोड ५ लाख आम्दानी गरेको थियो । त्यस्तै दोस्रोमा एनएलजी इन्स्योरेन्सले रू. १७ करोड ५५ लाख पुनर्बीमा कमिशनबापत आम्दानी गरेको छ । गत आवको तुलनामा चालू आवमा १६ कम्पनीमध्ये ६ कम्पनीको पुनर्बीमा कमिशन आय बढेको छ भने बाँकी सबै कम्पनीको घटेको छ । सबैभन्दा बढी सानिमा जिआईसी इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय गत आवको तुलनामा चालू आवमा ६१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा पुनर्बीमा कमिशनबापत रू. ८ करोड ८० लाख आम्दानी गरेकोमा चालू आवमा रू. १४ करोड २३ लाख पु¥याएको छ । त्यस्तै सबैभन्दा कम प्रुडेन्सियल इन्स्योरेन्सले रू.७ करोड ९० लाख पुनर्बीमा कमिशन बापत आम्दानी गरेको हो ।  हाल नेपालमा दुई ओटा पुनर्बीमा कम्पनी छन् । ती हुन्– नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी ।  के हो पुनर्बीमा कमशिन आय ?  एउटा बीमा कम्पनीमा गरिएको बीमालाई फेरि अर्को बीमा कम्पनीमा बीमा गरिने वा बीमाको पनि बीमा गरिने प्रक्रियालाई पुनर्बीमा भनिन्छ । यसरी गरिने पुनर्बीमा व्यक्ति आफूले नगरी बीमा गरिएको कम्पनीले नै गर्छ ।  पुनर्बीमा गर्दा पहिले बीमा गरिएको कम्पनीले लिएको शुल्कको केही हिस्सा पुनर्बीमा कम्पनीलाई बुझाएर पुनः बीमा गरी जोखिम हस्तान्तरण गरिन्छ । दाबी भुक्तानी परेमा पुनर्बीमा कम्पनी पनि भुक्तानीको जिम्मेवार हुन्छ र पहिलो बीमा गरिएको कम्पनी आर्थिकरूपमा सुरक्षित रहन्छ । बीमा कम्पनीले बीमा गरिएको सम्पत्ति वा जीवनको थोरै हिस्सा जोखिम आफूले राखेर धेरै जोखिम पुनर्बीमा कम्पनीमा सार्ने गर्दछ ।

कोरोना बीमाको १ अर्ब ८१ करोड रकम बाँडिदै, कसले पाउँछन् पहिला ?

कोरोना बीमा बापतको भुक्तानी हुन बाँकी रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भएको छ । सरकारले दिएको १ अर्ब रुपैयाँ र बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी तथा निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुले हालेको ८१ करोड रुपैयाँ जम्मा गरेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न लागिएको हो ।सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

अढाई करोड जीवन बीमाको लोभमा आफ्नै कर्मचारीको हत्या, मुख्य योजनाकार सहित ६ पक्राउ

अढाई करोड जीवन बीमाको लोभमा आफ्नै २१ बर्षिय कर्मचारीको हत्या गरिएको घटना सार्वजनिक भएको छ।  केन्द्रिय अनुसन्धान ब्युरो, सीआइबि, ले आज एक पत्रकार सम्मेलनको आयोजना गरि अढाई करोडको बीमा रकको लागि आफ्नै कर्मचारीको याेजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जनालाई सीआइबिले सार्वजनिक गरेको हो ।   पक्राउ पर्नेमा दुई जना महिला र चार जना पुरुष रहेका छन्।  जसमा हत्या गरिएका कर्मचारी सृजन बिकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् रिलायन्स लाइफका  बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी संजिव अर्यालसंग भेट गराउने आरति उपनाम भएकी ललिता सापकोटा, सर्जन बिकलाई ठक्कर दिएर मृत्युको मुखमा पुर्याउने  व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी रहेका छन् । सीआइबिका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीकाअनुसार नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स लाइफबाट अनुसन्धानको लागि पत्रचार भएर आएपछि अनुसन्धान थाल्दा यो सबै घटना बाहिर आएको हो। रिलायन्स लाइफले आफुले दाबी भुक्तानी गरिसकेको अढाई करोड दाबि गरेपछि घटना शंकास्पद भएको पाईएकाले नेपाल पुनर्बिमाले अनुसन्धानको लागि सीआइबिलाई अनुरोध गरेको हो। सुरुमा सर्जन बिकको मृत्यु मिनी बसको ठक्कर भएको भनेर त्यहि अनुसार मिलापत्र भएपनि उक्त हत्या योजनाबद्द भएको र हत्याको कारण अढाई करोड जीवन बीमा भएको खुलेको हो। पुनर्बीमाको अनुरोध अगाडी नै रिलायन्स लाइफले श्रीमती वा इच्छाइएको व्यक्ति भनिने सपना मल्ललाई अढाई करोड दाबि भुक्तानी गरेको थियो। मिनी बसको ठक्करबाट मृत्यु भएका सर्जन बीकलाई योजनाबद्द तरिकाले हत्या गरेर उनलाई प्रयोग गरि बीमा रकम अढाई करोड कुम्ल्याउन यो सबै प्रपंज रचिएको सीआईबिको अध्ययनले देखाएको छ। सर्जन बीक सवार मोटरसाइकल बीमा अभिकर्ता सर्दार अहमद खाको भएको र सर्जन बिक मुख्य योजनाकार संजिव अर्यालका कर्मचारी भएको अध्ययनले देखाएको छ।सर्जन बीकको मृत्यु हुनभन्दा अगाडी नै सबै कुराहरुको योजना बनाइएको अध्ययनले देखाएको छ।  सर्जन बीकको मृत्यु हुनु भन्दा झन्डै एक महिना २६ दिन अगाडी उनको र उनको श्रीमती भनिएकी सपना मल्लको बैंक खाता कामना सेवा बिकास बैंकमा खोलिएको छ। लगत्तै अर्थात् मृत्युको २६ दिन अगाडी सर्जन बीकको नाममा २०७७ साल फागुन २८ गते रिलायन्स लाइफमा अढाई करोडको जिवन विमा भएको छ। उक्त जीवन बीमामा इच्छाईएको व्यक्तिमा जापान जाने तयारी अवस्थामा विमानस्थलबाटै पक्राउ परेकी सपना मल्ललाई राखिएको छ। जबकी सर्जन बीकको नाममा अढाई करोडको बीमा भएको भन्दा ५ दिन पछाडिमात्रै सर्जन र सपना मल्लबीच बिहे भएको बिहे दर्ता देखाइएको छ। सर्जन बीकको मृत्यु भएको भनि रिलायन्स लाइफमा गरिएको दाबी रकम २ करोड ५० लाख रुपैयाँ सपना मल्लको खातामा आएको र त्यसपछि यो पैसा यस घटनामा संलग्न ४ जनामा पैसा बाँडफाँड भएको देखिन्छ। जसमा यस घटनाका मुख्य योजनाकार संजिव अर्यालमा  ८० लाख ३६ हजार, काठमाण्डौ बसेर दिपेंडेण्ड भिसादेखि अरु सबैको व्यवस्थापन मिलाएका दिपक केसीमा ६० लाख, सपना मल्लको आमा छबि कुमारी खत्रीकोमा १७ लाख ४६ हजार, सपना मल्लकोमा ८६ लाख ८९ हजार बाँडफाँड भएको देखिन्छ। अनुसन्धानको क्रममा आरति भन्ने ललिता कुमारी सापकोटाले सपना मल्ल र संजिव अर्याललाई भेट गराईदिएको, सपना मल्ललाई डिपेन्डेण्ड भिषामा अष्ट्रेलिया पठाउने बिषयमा कुरा भएको, विवाह दर्तापछि मृतक र सपना मल्लको भेट नभएको, सपना मल्लको बैंक खाता संजिव अर्यालले नै खोलि सम्पूर्ण चेक हस्ताक्षर गराई लिएको खुलेको छ। यस घटनामा अरु धेरै बिषयको खुल्न बाँकी भएकाले आफुहरु थप अनुसन्धानमा लागेको र यस्ता घटना यस अगाडी पनि भएको हुन सक्ने सीआइबिका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बिजपाटीलाई बताएका छन।

बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।