लुम्बिनी प्रदेश सभाकी सांसद विमला ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको आरोप लगाएपछि विपक्षी गठबन्धनले घटनाको छानबिन गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले बिहीवार एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषी उपर कारवाहीको माग गरेका हुन् ।
नेकपाबाट निर्वाचित भएपनि पछि माओवादी केन्द्रमा लागेकी वली एमालेमा लागेको आशयको विज्ञप्ति केही दिनअघि सार्वजनिक भएको थियो ।
बिहीवार पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई मुख्यमन्त्री निवासमै बन्धक बनाएर जबरजस्त...