लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणका सम्बन्धमा मन्त्रीस्तरीय छानबिन टोलीले प्रतिवेदन तयार गर्न सुरु गरेको छ । राज्यमन्त्री वली गत जेठ ३१ गते सुरक्षागार्डसहित तुलसीपुर उपमहानगरपालिका ५ का वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा पुगेर विवाद गरेको घटना बाहिरिएको थियो । सो घटनालगत्तै बनेको मन्त्रीस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गर्न सुरु गरेको हो । छानबिन समितिको टोलीले घटनास्थलमा पुगेर दुवै पक्षसँग बुझेपछि प्रतिवेदन निर्माणको त