चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ । देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३ः०३ बजे दिउसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए । खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । आवासीय