काठमाण्डाै - बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिनु भएको छ । उहाँमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उहाँले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी माग्नु भएको छ ।
सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् । बेलायतमा कारोना भाइरसको तेस्रो लहरकाे जाेखिम बढेकाे छ । गएको २४ घण्टामा १८ ह...