युकेनका राष्ट्रपतिद्वारा बाइडेनलाई किभ भ्रमणको निम्तो

किभ – युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अमेरिकी समकक्षी जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन् । युक्रेन- रसिया सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई सो अनुरोध गरेका हुन् । राष्ट्रपति जेलेन्स्किीको निम्तोबारे बाइडेनले कुनै प्रतिकृया जनाएका छैनन् । यसअघि उनले युक्रेनबाट सम्पूर्ण अमेरिकी नागरिकलाई स्वदेश फर्किन अनुरोध गरेका थिए । […]

सम्बन्धित सामग्री

राष्ट्रसंघ महासचिव किभ पुग्दा रकेट आक्रमण, सुरक्षा परिषदको आलोचना

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस युक्रेनको राजधानी किभ पुगेका छन्। युक्रेन र रसियाबिच युद्ध भइरहँदा उनी किभ पुगेका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनस्कीसँगको भेटपछि उनले आफ्नै संस्थाको सुरक्षा परिषदको विरोध गरे। उनले सुरक्षा परिषदले युक्रेन युद्ध रोक्न वा अन्त्य गर्न नसकेको भन्दै आलोचना गरेका हुन्। सुरक्षा परिषद् ‘प्यराल्याइज्ड’ भए पनि संयुक्त…

किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेको युक्रेन प्रहरीको दाबी

युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुस्टि हुन भने बाँकी छ । रुसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ । पूर्वीयुक्रेनमा हमला तीब्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।२४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर व

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको […]

राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको युक्रेनको भनाई

काठमाण्डाै – युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड फिर्ता भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ । रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन् । रुसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो । रुसी सेना किभ सहित युक्रेनको प्रमुख सहरहरुबाट फिर्ता हुन थालेको छ । टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल वार्तामा सहमतीका आधारहरु तयार हुन थालेकाले कारवाही घ...

किभ नजिकैको इरपिन शहर रुसी फौजबाट मुक्त गरेको युक्रेनी दाबी

काठमाडौं– राजधानी किभ नजिकैको इरपिन शहरलाई युक्रेनी फौजले रुसी सेनाबाट मुक्त गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित भिडियो सन्देश मार्फत यस्तो बताएका हुन् । ‘किभ र इरपिन कब्जा गर्नेहरुलाई खेदाइएको छ । तर हाम्रो क्षेत्रको यो भागमा अहिले नै सुरक्षाको कुरा गर्न निकै हतारो हुनेछ । लडाइ जारी छ ।’ उनले भिडियो सन्देशमा […]

रुसी सेनाले भन्याे–किभ छाेडेर भासिल्किभमा जानु

किभ– रुसी सेनाले किभका बासिन्दाहरूलाई मध्य शहर भासिल्किभमा जान अनुमति दिएको मस्कोका अधिकारीहरूले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले उनीहरुलाई किभबाट भासिल्किभमा जाने अनुमति दिएका हुन् । ‘सर्वसाधारणको आवादीका लागि रुसी सेनाबाट कुनै अवरोध हुनेछैन्,’ मेजर जनरल कोनाशेन्कोभले रुसी समाचार संस्था रोसिया २४ लाई भने । किभ खाली गर्न रुसले गरेको […]

युद्धग्रस्त क्षेत्र किभ आजै छोड्न आफ्ना नागरिकलाई भारत सरकारको अनुरोध

काठमाडौँ– भारत सरकारले आफ्ना नागरिकलाई युक्रेनको किभ छोड्न अनुरोध गरेको छ । भारतले आफ्ना नागरिकलाई आजै युक्रेनको राजधानी किभ छोड्न अनुरोध गरेको हो । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो । ‘रेल […]

युक्रेनको राजधानी प्रवेश गर्‍यो रुसी सेना, किभ आसपासका क्षेत्र भीषण लडाइँ

रुसी सैनिक युक्रेनको राजधानी किभ प्रवेश गरेका छन्। युक्रेनको राजधानी किभ प्रवेश गरेका रुसी सैनिक सहरको उत्तरी क्षेत्र अबोलोनमा छ। उक्त क्षेत्र युक्रेनको संसद तथा शहरको केन्द्रीय इलाकाबाट नौ किलोमिटर मात्रै टाढा छ। युक्रेनले आफ्नो सम्पूर्ण शक्ति लगाएर रुसको जवाफ दिने कोशिस गरिरहेको छ। राजधानी किभ आसपासका क्षेत्रमा भीषण लडाइँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]