काठमाण्डाै – युक्रेनले राजधानी किभ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड फिर्ता भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको बीबीसीले जनाएको छ ।
रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन् । रुसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो । रुसी सेना किभ सहित युक्रेनको प्रमुख सहरहरुबाट फिर्ता हुन थालेको छ । टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल वार्तामा सहमतीका आधारहरु तयार हुन थालेकाले कारवाही घ...