बैतडी । बडादशैँलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्त्विक हिसाबले दशैँ मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्त्विक दशैँ मनाइँदै आएको हो । मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने […]