कर्णाली प्रदेश : १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन गरिएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधि

सम्बन्धित सामग्री

कर्णाली प्रदेशले माग्यो १५० चिकित्सक तथा स्वास्थ्यकर्मी

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो।

सामाजिक मन्त्रालयद्वारा सेवा करारमा कर्मचारी माग

कर्णाली, पुस २८ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो […]

कर्णालीको सामाजिक मन्त्रालयद्वारा सेवा करारका लागि कर्मचारी विज्ञापन (सूचनासहित)

कर्णाली । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो । कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना...

कोरोनाको तेस्रो लहरविरुद्ध पूर्वतयारी गर्दैै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाकोभाइरस (कोभिड–१९)को तेस्रो लहरविरुद्ध पूर्वतयारी थालिएको छ ।संक्रमणको तेस्रो लहर फैलिन नदिन प्रदेश सरकारले अस्पतालहरुको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा ध्यान केन्द्रित गर्दैछ । पहिलो र दोस्रो लहरका अनुभवका आधारमा प्रदेश सरकारले तेस्रो लहरसँग जुध्ने तयारीमा ध्यान दिन थालेको हो ।प्रदेशका जिल्लाहरुमा पनि पूर्व कार्ययोजना तयार गर्ने काम भएका छन् । सम्भावित तेस्रो लहरलाई नयाँ तरिकाले व्यवस्थापन गर्ने प्रदेश सरकारको भनाइ छ

कर्णालीमा कोभिडविरुद्ध चार हजार स्वयंसेविका परिचालन

सिमकोट– कर्णाली प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण प्रतिकार्यका लागि संयन्त्र, पूर्वाधार एवं बजेट व्यवस्था (कोभिड कोष)को व्यवस्था गरेको छ। सो कोषबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि प्रोत्साहन तथा चार हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीले जनाएको छ। प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कोभिड–१९ प्रतिकार्य व्यवस्थापन गरेको जनाइएको छ। उक्त कार्यक्रमबाट […]

कर्णाली मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत कोभिड–१९ को पहिचान, निदान, उपचार तथा शव व्यवस्थापनमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स/शववाहन चालक र सफाइकर्मीलाई प्रमाणित अभिलेखका आधारमा प्रदेश सरकारको भत्तासम्बन्धी स्वीकृत मापदण्डबमोजिम शुरु स्केलको बढीमा ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको जानकारी दिइन् । चिकित्सक...

कर्णाली प्रदेश सरकार : कोरोनाविरुद्ध लड्न ९८ करोड निकासा

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा कोरोना महामारीविरुद्ध लड्न ९८ करोड ३० लाख रुपैयाँ निकासा गरिएको छ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचारका लागि उक्त रकम निकासा गरेको हो । मुख्यमन्त्री एवम् सामाजिक विकास मन्त्री महेन्द्रबहादुर शाहीले बिहीवार प्रेस जारी गर्दै चालू आवमा सामाजिक विकास  मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालमा कोरोना महामारी नियन्त्रण कार्यक्रमतर्फ ७३ करोड बजेट निकासा गरिएको जानकारी दिएका छन् । त्यस्तै अक्सिजनसहित कोभिड उपचार व्यवस्थापनका लागि ११ करोड ८० लाख र स्वास्थ्य सेवा निर्देशनालयमार्फत कोरोना नियन्त्रणका लागि १३ करोड ८० लाख रुपैयाँ बजेट निकासा गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना रोकथाम तथा व्यवस्थापनका लागि प्रदेशका ३३ स्थानीय तह तथा सोअन्तर्गतका रणनीतिक अस्पतालमा १२ करोड १२ लाख र प्रदेशका सबै जिल्ला अस्पतालमा मिनी अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि ४० लाखका दरले बजेटको व्यवस्था गरिएको छ । प्रदेश सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन रकम र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि थप ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था गरेको उल्लेख छ । त्यस्तै प्रदेशको दुई तिहाइ रिक्त स्वास्थ्य जनशक्तिमा हाल अत्यावश्यक जनशक्ति व्यवस्थापनका लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १८३ चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको मुख्यमन्त्री शाहीले बताए । सरकारले प्रदेशका सबै जिल्लामा आईसीयू स्थापना र भेन्टिलेटर सञ्चालनका लागि बजेट व्यवस्था एवं चिकित्सक तथा नर्सलाई अत्यावश्यक सघन उपचारसम्बन्धी तालीम प्रदान गरिएको  बताएको छ । जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय, जनस्वास्थ्य सेवा कार्यालय र अस्पताललाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट, पावर ब्याकअप, रेम्डेसिभिर इन्जेक्सनलगायत सामग्री खरीद कार्यका लागि बजेट व्यवस्था गरिएको छ । स्थानीय अस्पताललाई १५ देखि २५ शय्या, हुम्ला, मुगु, डोल्पा जिल्ला अस्पताललाई ५० शय्या, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम जिल्ला अस्पताल र मेहलकुना अस्पताललाई १०० शय्या क्षमताको अस्पतालका रूपमा र प्रदेश अस्पताललाई ५०० शय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति गर्ने योजना अघि बढाउन लागिएको प्रदेश सरकारले बताएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, दैलेख, कालीकोट र हुम्ला (अस्पताल)मा २५/२५ शय्या गरी १५० शय्या एचडीयू खरीद प्रक्रियामा छ ।

कर्णाली प्रदेश सरकारद्वारा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन

कोभिड–१९ को जोखिम हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ तथा अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।

कर्णालीका सबै जिल्लामा स्वास्थ्यकर्मी परिचालन

कर्णाली प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाइरहेको सामाजिक विकासमन्त्री दल रावल बताउँछन्।कर्णाली प्रदेश अन्र्तरगत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको हो। सामाजिक विकासमन्त्री रावलका अनुसार प्रदेश सरकारले शनिबार डोल्पा स्वास्थ्यकर्मी पठाइसकेकोमा आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो। उनीहरुलाई एक महिनाका लागि पठाएको हो।

चिकित्सक टोली हुम्लामा

पछिल्ला तीन सातादेखि फैलिएको हुम्लाको चंखेली, सर्केघाट र खार्पुनाथ गाउँपालिकामा मौसमी फ्लुको प्रकोप नियन्त्रणमा नआएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट चिकित्सकको एक टोली हुम्ला पुगेको छ। उदय बिसीको नेतृत्वमा दुई जना चिकित्सक, एक जना स्वास्थ्यकर्मी र एक कर्मचारी हुम्ला पुगेका हुन्।