कर्णाली प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाइ प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाइरहेको सामाजिक विकासमन्त्री दल रावल बताउँछन्।कर्णाली प्रदेश अन्र्तरगत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको हो। सामाजिक विकासमन्त्री रावलका अनुसार प्रदेश सरकारले शनिबार डोल्पा स्वास्थ्यकर्मी पठाइसकेकोमा आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठाएको हो। उनीहरुलाई एक महिनाका लागि पठाएको हो।