पाँचथरको सदरमुकाम फिदिममा यतिबेला स्थानीय स्वाद र शैलीमा मेला जारी छ । किरात समुदायअन्तर्गत पाँचथर, ताप्लेजुङ र तेह्रथुममा बहुल संख्यामा बसोबास गर्ने लिम्बू जातिको संस्कार, संस्कृति र परम्परालाई जोगाइराख्न गत पुष १३ बाट सुरु गरिएको उक्त मेला २५ पुससम्म लाग्ने स्थानीय आयोजक तथा फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले बताए ।