जाजरकोट : जाजरकोट सदरमुकामको मुटु मानिने जिल्लाकै पुरानो स्कुल त्रिभुवन मावि मेला लगाउनकै लागि बन्द गरिएको छ। पुस १२-१६ गतेसम्म स्कुल बन्द गरेर मेला लगाइएको हो।रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालयको हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा स्कुल बन्द भएको हो।'विद्यालय बन्द गरेर मेला लगाउनु ठिक नभए पनि सर्वदलीय सहमति गराएर जिल्ला प्रशासन कार्यालयबाट निर्णय गराएपछि मेरो मात्र के लाग्छ र,' प्राचार्य भक्तबहादुर मल्लले भने।मेला लगाएबापत विद्यालयलाइ ५० हजार रुपैयाँ दिएको