सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाभित्र सञ्चालित क्रसर उद्याेगलाई नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । क्रसर उद्योगले आवश्यकभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन र भण्डारण गरेको पाइएपछि नगरपालिकाले उत्खननमा प्रतिबन्ध लगाएको नगरपालिकाका मेयर डम्बर अर्यालले बताउनुभयो ।
अनुगमनका क्रममा मेलम्ची १३ फटकशिलामा सञ्चालित एकोन क्रसर एग्रिगेट प्रालीले मापदण्ड विपरीत पोखरी निर्माण गरी उत्खनन गरेको पाइएको थियो भने मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रालीले नदीको धार नै परिवर्तन गराइ अत्यधिक गहिराइमा उत्खनन गरेको भेटिएको थियो ।...