सामाजिक न्यायका दृष्टिले न्यायोचितता भन्नाले सकारात्मक विभेद गर्ने व्यवहारलाई जनाउँछ । न्यायोचितताको सवाललाई रावल्स् भन्ने सिद्धान्तकारले व्याख्या गरेका छन् र उनको भनाइअनुसार न्यायोचितताभित्र निष्पक्ष स्रोत वितरण, मानव अधिकार र अवसर वितरण पर्छन्, जसलाई सामाजिक, आर्थिक तथा राजनीतिक प्रणालीहरूले प्रभाव पारिरहेका हुन्छन् । अर्को अर्थमा भन्नुपर्दा विकास प्रक्रियाले जसलाई सबैभन्दा असर पुर्याउँछ उसैको निर्णय गर्ने प्रक्रियामा […]