‘शान्ति, समृद्धि र विकासमा दलहरूबीच  प्रतिष्पर्धा हुन्छ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरूबीच प्रतिष्पर्धा हुने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताए ।  विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएको उल्लेख गरे । कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को […]

सम्बन्धित सामग्री

‘नीतिगत सुधार गरे विदेशी लगानी आउने’

काठमाडौं । विदेशी लगानीका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले बताएका छन् । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा काठमाडौंमा शुक्रवार सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन, २०२३’ का वत्ता विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।  सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउन आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै लगानीका क्षेत्रका प्रचारप्रसार आवश्यक रहेको बताए । नेपालको अर्थतन्त्र अनेक समस्याका बाबजुद स्थिर रहेको र अहिलेसम्म टाट पल्टने अवस्था नआएको उनको भनाइ छ ।  नेपालको विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको भन्दै उनले आन्तरिक स्रोत पर्याप्त नभएको उल्लेख गरे । ‘हामीसँग विकासका लागि पर्याप्त आन्तरिक स्रोत नभएको अवस्थामा विदेशी लगानी आवश्यक छ,’ उनले भने, ‘यसका लागि ग्रीन फाइनान्सिङ, प्रत्यक्ष विदेशी लगानी तथा ब्लेन्डेड फाइनान्समार्फत लगानी ल्याउन सक्नुपर्छ ।’ श्रेष्ठले नेपालको जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा लगानी आवश्यक रहेको र विदेशी लगानी ल्याउन सहज वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए । ‘नीतिगत सुधार रातारात हुँदैन, तर अहिलेदेखि नै सुधार गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको आवश्यकता विदेशी लगानी ल्याउन केन्द्रित हुनुभन्दा पनि धान्न सक्ने क्षमता बढाउनुपर्नेमा हुनुपर्छ ।’ इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजका कार्यकारी निर्देशक डा विश्वास गौचनले नेपालमा ‘कस्ट अफ डुइङ बिजनेश’ उच्च भएकोले लगानी ल्याउन नसकिएको बताए । ‘नेपालमा श्रमिकको पारिश्रमिक र कस्ट अफ डुइङ बिजनेश अन्य देशको तुलनामा बढी छ, विदेशी लगानी ल्याउन यस्ता क्षेत्रमा सुधार आवश्यक छ ।’ उनले चीन र भारतसँग उत्पादन क्षेत्रमा प्रतिष्पर्धा गर्न नसक्ने भन्दै नेपालले सेवामूलक क्षेत्रमा लगानी बढाउन सके फाइदा हुने बताए । उनले विगत ३० वर्षयता राजनीतिक संक्रमणकालका कारण पनि पर्याप्त विदेशी लगानी ल्याउन नसकिएको धारणा राखे । कार्यक्रममा समृद्धि द प्रोस्पेरिटी फाउन्डेसनका अर्थशास्त्री अर्पिता नेपालले हामीलाई कस्तो खालको विदेशी लगानी आवश्यक हो त्यसमा स्पष्ट हुनुपर्ने बताइन् । उनले ग्वाटेमाला र भियतनामको उदाहरण दिँदै नेपालले कुन क्षेत्रमा लगानी आवश्यक छ सोहीअनुसार लगानी ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिइन् ।  प्रादेशिक स्तरमा ठूलो लगानी आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने सुझाइन् । क्रेटिट रेटिङ तथा पूँजी नियन्त्रणलगायत समस्याले अपेक्षाकृत रुपमा नेपालमा लगानी ल्याउन नसकिएको उनको भनाइ छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, सस्टेनेबल फाइनान्स, ईएसआरएमका कार्यकारी निर्देशक हेथ गिब्सनले नेपालसँग अन्तरराष्ट्रिय स्तरका वातावरणीय र सामाजिक प्रभावसँग सम्बन्धित नीति भएको उल्लेख गर्दै बैंक सधैं नेपाल जस्ता मुलुकमा लगानीका लागि तयार रहेको बताए । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालमा लगानी ल्याउन नीतिगत स्थिरतामा ध्यान दिनुपर्ने बताए । उनले निजीक्षेत्र पनि विदेशी लगानी ल्याउने विषयमा उदार हुनुपर्ने भन्दै विदेशी लगानी आउँदैमा सुरक्षा जोखिम हुने धारणा राख्न नहुने बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनको औसतमा २ प्रतिशत विदेशी लगानी भएको उनको भनाइ छ । ‘३० लाखभन्दा बढी जनसंख्या विदेशमा छ, अर्थतन्त्र रेमिट्यान्सले धानेको अवस्था छ,’ उनले भने, ‘हामीलाई दिगो विकासका लक्ष्य पूरा गर्न प्रत्येक वर्ष ५ खर्ब रुपैयाँ आवश्यक छ । त्यसका लागि पनि विदेशी लगानी आवश्यक छ ।’ उनले नेपालको विकासमा सहायताले मात्रै वित्तीय आवश्यकता पूरा नहुने भन्दै निजीक्षेत्रको लगानी बढाउन वित्तीय क्षेत्रमा नवीनतम औजार ल्याउनुपर्नेमा जोड दिए । उनले नेपालले न्यून परिपूरक कोष, अनुदान तथा सहयोगका माध्यमबाट लगानी ल्याउन सक्ने पनि बताए ।

संसदीय निर्वाचनबारे नेताहरु के भन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब शान्ति, समृद्धि र विकासमा दलहरुबीच प्रतिष्पर्धा हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बौल्दै उनले आगामी निर्वाचनसम्म नै वर्तमान पाँच दलीय गठबन्धन कायम रहने पनि बताए । विश्वकर्माले अहिलेको पाँच दलीय गठबन्धन राष्ट्रिय राजनीतिको आवश्यकता भएको उल्लेख गरे । कांग्रेसले स्थानीय तहको निर्वाचनमा ०७४ को भन्दा […]