सरकारले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्दै आएको स्पष्ट गरेको छ । नेपालले स्वीकार गरेको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सहयोगका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका भ्रामक अभिव्यक्तिको खण्डन गर्दै सरकारले नेपालको पूर्वाधार निर्माण र विकासमा विकास सहायताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ । मुलुकको राष्ट्रिय हित …