सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धनको आवश्यकता परेको बताएका छन् । नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान समयको आवश्यकतालाई हेरेर गठबन्धन गरिएको बताएका हुन् ।उनले मुलुकको समृद्धि र दिगो आर्थिक विकासमा गठबन्धनले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मुलुकमा संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताए । ‘मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्य