राहदानी विभागले काठमाडौ बाहिरका जिल्लामा १५ दिनभित्र राहदानी उपलब्ध गराउने सुनिश्चितता गरेकाले अत्यन्त जरुरी बाहेकका सेवाग्राहीले विभागमा निवेदन नगर्न आग्रह गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै राहदानी विभागमा राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको पनि जनाएको छ । साथै धेरै सेवाग्राहीहरुलाई सेवा दिने अभिप्रायले राहदानी विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेद