काठमाडौ । ललितपुरमा १५ हजारले बुस्टर डोजको खोप लगाएका छन् । जिल्लामा रहेका ६ स्थानीय तहमा मंगलबार र बुधबार विभिन्न क्षेत्रका फ्रण्टलाइनरलाइ कोरोना विरुद्ध बुस्टर डोज लगाइएको थियो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मंगलबार र बुधबारसम्म महानगरपालिकाभित्र र महांकाल गाउँपालिकामा १५ हजारले बुस्टर डोज लगाएका हुन् । खोप अभियान भोलि बिहीबार पनि जारी रहनेछ । […]