रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले फिर्ता गरे सरकारी गाडी

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएसँगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता गरिएको हो । सो नगरपालिकाका वडा अध्यक्षहरुले पनि सरकारी सवारी साधन फिर्ता गरेको जनाइएको छ ।रौतहटका १८ स्थानीय तहमध्ये यसअघि गौर, चन्द्रपुर, बोधीमाई र राजपुर न

सम्बन्धित सामग्री

विराटनगर महानगरका प्रमुख र उपप्रमुखले लिए सरकारी गाडी सुविधा

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी गाडी सुविधा लिन सुरु गरेका छन् । महानगरका प्रमुख नागेश कोइरालाले आफ्नो सचिवालयमार्फत सूचना जारी गर्दै सरकारी गाडी सुविधा लिने जनाएका छन् । उपप्रमुख शिल्पा निराला कार्कीले यसअघि नै सरकारी गाडी चढ्न थालिसकेकी छन् । गएको स्थानीय तह निर्वाचनअघि कोइराला र कार्कीले सरकारी गाडी...

आफ्नै घोषणा विपरीत विराटनगरका मेयरले चढ्न थाले सरकारी गाडी

२९ साउन, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्न थालेका छन् । स्थानीय तह निर्वाचन प्रचारका क्रममा उनले निर्वाचित भए सरकारी गाडी प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचित भएको करिब तीन महिना निजी गाडी प्रयोग गरेका उनले निजी गाडीमा प्रयोग भएको पेट्रोलमा बेरुजु देखाउने भन्दै सरकारी गाडी प्रयोग गर्न थालेका […]

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा

वैशाख ४, रौतहट । स्थानीय तह निर्वाचन आचारसंहिता लागू भइसकेकाले जनप्रतिनिधिले लिदै आएको सवारी सुविधा फिर्ता गर्न थालेका छन् ।  रौतहटका पाँच स्थानीय तहका जनप्रतिनिधिले लिदै आएको सवारी साधनको सुविधा फिर्ता गरीसकेका छन् । गौर, चन्द्रपुर, गढिमाई बोधीमाई र राजपुर नगरपालिकाका जनप्रतिनिधिले सरकारी सवारी साधन नगरपालिकालाई फिर्ता गरिसकेका हुन् ।  नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षले प्रयोग गर्दै आएका साधन आचरसंहिता लागू भएपछि फिर्ता गरेका छन् ।  २०७९ साल वैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले निर्वाचन अचारसहिंता लागू गरी सकेकाले सरकारी सुविधा नलिने भन्दै सवारी साधन नगरपालिकलाई नै फिर्ता गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए ।  आफूहरुले प्रयोग गर्दै आएको सवारी साधनको साँचो नगरपालिकाको कर्मचारीलाई बुझाएको उनले बताए । निर्वाचन अचार सहिंता लागु भएपछि नैतिक रुपमा सरकारी गाडी प्रयोग गर्न नमिल्ने उनको भनाइ छ ।  आसन्न निर्वाचनका लागि आचारसंहित लागू भइसक्यो उनले भने, ‘यसको पूर्ण रुपमा पालना गर्छौ । राजीनामा नदिएसम्म नगरवासीको कार्य भने गर्दै जाने उनले बताए । १६ नगरपालिका तथा २ गाँउपालिका गरी रौतहटमा १८ स्थानीय तह छन् ।

गाउँपालिका अध्यक्षद्वारा सवारी साधन फिर्ता

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित वलीले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् ।  निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जीप आइतबार कार्यालयमा बुझाएको गाउँपालिकाले जानकारी दिएको छ ।आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रय

गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

दाङ : दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन्।निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जिप आइतबार कार्यालयमा बुझाएका हुन्।आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै गाउँपालिका अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए। २०७४ सालको स्थानीय तहमा अध्यक्ष व

मेयरले फिर्ता गरे सरकारी गाडी

संखुवासभा : जिल्लाकाे पाँचखपन नगरपालिकाका मेयरले प्रयोग गर्दै आएको सरकारी गाडी नगरपालिकालाई फिर्ता गरेका छन्।मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कोर्पियो गाडी  फिर्ता गरेका हुन्।उनले शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका छन्।निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको राईले बताए।आफूले प्रयोग गर्दै आएको गाडी र मोटरसाइकल दुवै फिर्ता गरेको उनले जानकारी दिए।स्थानीय तह निर्वाचन नजिकिँ