बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित वलीले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जीप आइतबार कार्यालयमा बुझाएको गाउँपालिकाले जानकारी दिएको छ ।आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रय