संखुवासभा : जिल्लाकाे पाँचखपन नगरपालिकाका मेयरले प्रयोग गर्दै आएको सरकारी गाडी नगरपालिकालाई फिर्ता गरेका छन्।मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कोर्पियो गाडी फिर्ता गरेका हुन्।उनले शुक्रबार गाडी र मोटरसाइकलको चाबी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका छन्।निर्वाचन आचारसंहितालाई ध्यानमा राखी आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेको राईले बताए।आफूले प्रयोग गर्दै आएको गाडी र मोटरसाइकल दुवै फिर्ता गरेको उनले जानकारी दिए।स्थानीय तह निर्वाचन नजिकिँ