दाङ : दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन्।निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जिप आइतबार कार्यालयमा बुझाएका हुन्।आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै गाउँपालिका अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए। २०७४ सालको स्थानीय तहमा अध्यक्ष व