आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आइओस

सम्बन्धित सामग्री

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थ मूल्य

काठमाडौं । भारतले घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो । जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँ घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो । यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत […]

इन्धनको मूल्य घटेर फेरी घटेर आयो, निगम भन्छ समायोजन हुँदैन !

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको भए पनि नेपाल आयल निगमले भने समायोजन नगर्ने जनाएको छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थ खरिद गरेर नेपालमा बिक्री गर्दै आएको छ। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य सूची पठाउने गरेको छ। आज इन्डियन आयल कर्पोरेसनले […]

भारतमा विगत ९ मध्ये ८ दिनमा बढ्यो डिजेल र पेट्रोलको भाउ, के होला नेपालमा ?

चैत १६, काठमाडौं । भारतमा विगत ९ दिनमध्ये ८ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधवार पनि त्यहाँ पेट्रोल र डिजेल दुबैको भाउ ८०/ ८० पैसा बढाइएको छ । यो विगत ९ दिनमा भएको आठौं मूल्य वृद्धि हो । पछिल्लो भाउ वृद्धिसँगै दिल्लीसमेत देशका प्रमुख शहरहरुमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०० रुपया नाघेको छ । दिल्लीमा एक लिटर पेट्रोलको खुद्रा मूल्य १०१ रुपैया १ पैसा कायम भएको छ । अर्थात् दिल्लीबासीहरुले एक लिटर पेट्रोलका लागि १०१ रुपैयाभन्दा धेरै खर्च गर्नु पर्नेछ ।  त्यस्तैगरी, डिजेलको भाउ पनि लिटरकै ९२ रुपैया २७ पैसा पुगेको छ । देशभरमा पेट्रोलियम पदार्थ सबैभन्दा महँगो मुम्बईमा छ । त्यहाँ एक लिटर पेट्रोलको भाउ ११५ रुपया ८८ पैसा पुगेको छ । डिजेलको भाउ पनि १०० रुपैया १० पैसा कायम भएको छ । पेट्रोल र डिजेल दुबैको भाउ क्रमशः ७५ र ७६ पैसा बढाइएको चेन्नईमा यी दुई इन्धनको भाउ क्रमशः १०६ रुपया ६९ पैसा र ९६ रुपया ७६ पैसा पुगेको छ ।  मार्च २२ यता भारतमा इन्धनको भाउ लिटरमा करीब ५ रुपैया ६० पैसा बढिसकेको छ । केही राज्यमा विधान सभाको निर्वाचनलाई लक्षित गरेर सरकारले १३७ दिनसम्म पेट्रोलियम पदार्थको दैनिक मूल्य संशोधन स्थगित गरेको थियो । मूल्य संशोधन स्थगन शुरुमा बताइएकोभन्दा २ हप्ता धेरैसम्म गरिएको छ । पछिल्लो समय दैनिक रुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि झन्डै साढे चार महीनासम्म रोकिएको मूल्य वृद्धि संसोधनको विरोध बढेको छ । यस्तोमा अर्थमन्त्री निर्मला सितारमणले भने सरकारको सो निर्णयको बचाउ गर्दै युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण विश्व भर आपूर्ति शृङ्खलामा देखिएको अवरोध र विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धिका कारण भाउ बढेको र यो अस्थायी प्रवृत्ति भएको बताएकी थिइन् ।  युक्रेनमाथिको आक्रमणपछि विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । बुधवार कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम तेल निर्यातकर्ता देशहरुको समूह ओपेक र समूह बाहिरका शीर्ष तेल उत्पादकहरुबीचको बैठकअगाडि आपूर्ति चिन्ताबीच बुधवार विश्व बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ११३ डलरमाथि उक्लिएको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ८ः२० बजे लन्डनस्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ३ दशमलव ५ प्रतिशतले बढेर शून्य ९ सेन्टमा पुगेको थियो । सोही समयमा  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियटको भाउ प्रतिब्यारेल २ दशमलव २४ प्रतिशतले बढी १०७ डलर ६५ सेन्टमा किनबेच भइरहेको थियो ।अघिल्लो दिनको कारोबारमा भने दुबै बेञ्चमार्क २ प्रतिशतले घटेका थिए । रुसले किभमा सैन्य गतिविधि घटाउने वाचा गरेपछि तेल बजारमा सुधार आएको छ भने शेयर बजार पनि हरियालीमा आएका थिए ।  विश्व बजारमा कच्चा तेलको भाउ बढेसँगै हालैका दिनमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाउँदा पेट्रोलियम पदार्थको भाउ बढाएर नेपाल आयल निगमलाई पठाउने देखिएको छ । यसो भयो भने नेपाली बजारमा इन्धनको भाउले नयाँ उचाई छुनेछ ।