आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची, पेट्रोल लिटरमै ८ रुपैयाँ बढेर आयो, निगमको घाटा अझै बढ्ने

जेठ २, काठमाडौँ । भारतीय आयल कर्पोरेसन(आईओसी) ले नेपाल आयल निगमलाई  पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढाएर इन्धनको नयाँ मूल्य सूचि पठाएको छ । त्यस्तै डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ । सरकाले गत शनिवार ग्याँस बाहेक सबैखाले  ईन्धनको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँका दरले  बढाएको थियो  । निगमले आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य बढेपछि निगमको नोक्सानी समेत थप बढेको छ ।   अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरीद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ । रुस-युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो । अन्तरराष्ट्रिय बजारमा  सोमवार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ । पछिल्लो ५ महीनामा आईओसीबाट प्राप्त मूल्य सूची लगातार बढेर आएको छ । ५ महिनाको अवधिमा पेट्रोल प्रतिलिटर ४५ रुपैयाँ, डिजेल ६२ रुपैयाँ, मट्टितेल ४०, हवाई इन्धन ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ सय ८० रुपैयाँ बढेको छ ।  यस आर्थिक वर्षको ९ महीनाको अवधिमा देशमा कुल २ खर्ब १८ अर्ब ३५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैतमसान्तसम्मको विवरणअनुसार कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी  १४ दशमलव ९ प्रतिशत छ । पेट्रोलियम पदार्थको आयात बढ्दो देखिन्छ । गत वर्षको तुलनामा २ प्रतिशतले यसको आयात बढेको छ ।  गत आर्थिक वर्षको ९ महीनामा जम्मा १ खर्ब १९ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । अन्तरराष्ट्रिय बजारमा मूल्य बढेकाले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको हो । राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तमा कच्चा तेलको मूल्य अन्तरराष्ट्रिय बजारमा प्रतिब्यारेल ६२ डलर रहेकोमा २०७ चैत मसान्तमा १११ डलर पुग्यो । जसले गर्दा पेट्रोलियम पदार्थको मूल्य नै बढ्न जाँदा यसले आयात बढाएको हो । 

सम्बन्धित सामग्री

आईओसीले पठायो इन्धनको नयाँ मूल्य सूची‚ निगमले भाउ नबढाउने

काठमाडौँ : इन्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाए पनि निगमले भाउ नबढाएर यथावतै राख्ने जनाएको छ।निगमले जारी गरेको विज्ञप्तिअनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर ४१ पैसा बढेको नयाँ मूल्य सूची पठाएको उल्लेख छ। यसैगरि डिजेलमा प्रतिलिटर १२ पैसा र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर २० पैसा घटेको मूल्य सूची आईओसीले पठाएको छ।निगमले अहिले खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ३०० रुपैयाँ ४१ पैसा घाटा रहेको भए पनि मूल्य यथावत राख्ने जनाएको छ।

डिजेल र मट्टितेलको मूल्य बढ्याे

काठमाडौं : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएकाे छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्यवृद्धि गरेको हो। यो मूल्य बिहीबार रातिदेखि लागू हुने छ।यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ।आजमात्रै भारतीय आयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो।निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ।

भारतबाट आयो इन्धनको नयाँ मूल्य सूची

काठमाडौँ : नेपाल आयल निगमले शुक्रबार भारतीय आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची पाएको छ। निगमले आईओसीसँग किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ। एलपी ग्याँस प्रतिसिलिन्डर २७३.३८ रुपैयाँ महँगो भएको जनाइएको छ।निगमका अनुसार पेट्रोल भने प्रतिलिटर १.४६ रुपैयाँले घटेर आएको छ। यो मूल्य सूचीअनुसार अहिलेकै बिक्री मूल्यअनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ।निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आइओस

आयल निगमलाई मासिक ३ अर्ब घाटा

काठमाडौँ । नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्य सूची पठाइसकेको […]

विरोधको डरले रोकियो इन्धनको मूल्य बढाउने तयारी

२७ माघ, काठमाडौं । फेब्रुअरी १ मा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने तयारी गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा भारततर्फ तस्करी हुन्छ भनेर मूल्य समायोजन नगर्ने आयल निगम थोरै घाटा हुनासाथ मूल्य बढाउन आतुर हुन्छ । वैज्ञानिक मूल्य समायोजन भनेपनि अहिलेसम्म यही हुँदै आएको छ […]