मकवानपुर । कोरोना संक्रमितको उपचारमा सक्रिय रहेको मकवानपुरको हेटौँडा अस्पतालमा अक्सिजन अभाव भएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेसँगै संक्रमितहरुको उपचारमा प्रयोग हुँदै आएको अक्सिजन अभाव भएको हेटौँडा अस्पतालले जनाएको छ ।अस्पतालमा अन्य जिल्लाबाट अक्सिजन आपूर्ति हुँदै आएको थियो । अस्पतालले २ सय ७३ वटा अक्सिजन सिलिन्डरलाई आलोपालो गर्दै हालसम्म संक्रमितहरुको उपचारमा प्रयोग गर्दै आएको थियो । अस्पतालमा एकदिनमा करिब २ सय ५० वटा अक्सिजन सिलिन्डर खप