दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको चरम अभाव भएको अस्पतालले जनाएको छ। १०० शय्याको उक्त अस्पतालमा मंगलवार ६३ जना कोरोना संक्रमित रहेको अस्पतालका व्यवस्थाप दोर्ण वलीले जानकारी दिए। अक्सिजनको अभावले गर्दा संक्रमितलाई भर्ना गर्न कठिनाइ भएको उनले बताए।अस्पतालमा अहिले कम्तीमा २०० अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाबाट संघीय सरकारमा नेतृत्व गर्ने मन्त्री, पूर्वमन्त्री, सांसद, पार्टीका नेता, समाजसेवी बुद्धिजीव