रूसले हमला गरेपछि युक्रेनमा यतिखेर कोरोना संक्रमित बिरामी र लडाइँमा घाइते भएकाहरूको उपचार निम्ति मेडिकल अक्सिजन अभाव भएको छ । अक्सिजन आपूर्ति खतराको स्तरमै झरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । मेडिकल अक्सिजन बोक्ने ट्रक लडाइँका कारण अस्पतालसम्म पुग्न सकिरहेका छैनन् । राजधानी कियभका अस्पतालहरूमा अक्सिजन नहुँदा हाहाकार मच्चिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आउँदो २४ घण्टाभित्र त्यहाँ सबै मेडिकल अक्सिजन स्टक सकिने स्थिति छ । डब्ल्यूएचओले पोल्याण्डको मार्ग