भारतलाई यतिखेर कोरोना महामारीको दोस्रो लहरले नराम्ररी लपेटेको छ। दैनिक ३ लाख ५० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् र ३ हजार हाराहारीमा मानवीय हताहती हुने गरेको छ।कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सास लिन गाह्रो पर्छ। त्यसैले, उनीलाई सास फेर्न सहज बनाउन अक्सिजन अत्यावश्यक हुन्छ।तर, भारतको राजधानी नयाँदिल्ली लगायत देशका कयौं शहरहरूमा तरल अक्सिजन चरम अभाव भएको खबरहरू सार्वजनिक भएका छन्। त्यहाँको अदालतले त अक्सिजन आपूर्तिमा जोसुकैले अवरोध गरेपनि मृत्युदण्डको भागीदार हुने चेतावनी