भारतमा अक्सिजन अभाव : आन्ध्र प्रदेशमा फेरि ११ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित एक अस्पतालमा अक्सिजन अभाव हुँदा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना महामारी फैलिएर भयावह स्थिति निम्तिएको भारतमा यतिखेर संक्रमित बचाउन अत्यावश्यक औषधि र अक्सिजन अभाव भइरहेको छ। तिरुपतिस्थित रूइया अस्पतालमा गएराति अक्सिजन सकिएको थियो। अस्पतालभित्र अक्सिजनको सहायतामा उपचार लिइरहेका संक्रमितहरूको ज्यान गएको हो। ती सबै संक्रमित अस्पतालको आइसीयू वार्डमा थिए।अस्पतालका सुपरिटेन्डेन्ट डा.भारतीले अक्सिजन सकिँदै गएपछि भेन्टिलेटरमा राखिएका संक्रमितको ज्यान गएको जानक