आगामी मङ्सिर ४ गते हुने निर्वाचनको निमित्त ५ दलीय गठबन्धनले सिटको बाँडफाँट सहज रूपमा टुङ्गो लगाउन सकेको छैन । चुनावी क्षेत्रको बाँडफाँट निर्धारण गर्ने जिम्मेवारी पाएको कार्यदललाई निकै नै निकै ठुलो सकस देखिएको छ । शीर्षस्थ नेताहरूको चुनावी क्षेत्र नै सुनिश्चित गर्न हम्मे हम्मे परेको छ । यता यस्तो परिस्थिति छ भने एक्लै निर्वाचनको मैदानमा उत्रनु पर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएको नेकपा (एमाले) साना दलहरूसँग नजिकिएको छ । थोरै भोटको सहयोग मात्र पनि महत्त्वपूर्ण हुने अवस्थामा पुगेको