आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

कात्तिक २, काठमाडौं । आरम्भ चौतारी  लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले कात्तिक १ गते दिएको अन्तिम स्वीकृति अनुसार दुवै कम्पनीले आ - आफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बीच कायम हुने शेयर स्वाप अनुपात १ : शून्य दशमलव ८४ अनुसार शेयर पूँजी मिलान गर्नुपर्ने छ । प्राप्ति पछि कम्पनीको केन्द्रीय कार्यालय काभेपलाञ्चोकको बनेपा नगरपालिका - १० मा रहने छ । कम्पनीको नाम भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नै रहने छ । प्राप्ति पछि कम्पनीले राष्ट्रियस्तरको  कार्यक्षेत्र कायम हुने गरी वित्तीय कारोबार गर्न पाउने छ ।

सम्बन्धित सामग्री

आरम्भ चौतारी लघुवित्तको सातौं वार्षिक साधारण सभा चैत ३० मा, बुक क्लोज कहिले ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बनेपा पार्टी भेन्यु बनेपा-८ काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफलउपर गरी पारित गर्नुका साथै चालू आवको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले भविष्यमा यस कम्पनीले अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोही कारण यस वर्ष शेयरधनीको हात खाली हुने भएको छ । अघिल्लो आवको मुनाफाबाट भने गत वर्ष कम्पनीले शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सातौं वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  साधारण सभाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

नेप्सेमा आज २ इन्स्योरेन्स र १ लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज चैत्र १७ गते ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेका प्रभु इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, र सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन भएको हो ।सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८९१.३० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०२५ थियो । त्यस्तै आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १११६.८६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३३६ थियो । त्यस्तै प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७४३.२४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२५ थियो । यी कम्पनीको चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।प्रभु इन्स्योरेन्सले चैत्र ३० गते काठमाडौँको तिनकुने स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरि कुल ११.५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३ सय २८ रुपैयाँ रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्मको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्तावः१. कम्पनीको २६ औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।३. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ०.५८ प्रतिशतले हुन आउने रकम रु.६७,२६,८०३१०० नगद लाभांश पारित गर्ने ।४. आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण सम्बन्धमा।(ख) विशेष प्रस्तावः१. सञ्चालक समितिवाट प्रस्ताव गरे बमोजिम कम्पनीको आ.व.२०७७/०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर पारित गर्ने ।२. बोनश शेयर जारी पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुँदा सो को लागि कम्पनीको प्रवन्धपत्रको दफा ६ (क) तथा नियमावलीको नियम २.१ (क) संशोधन गरी सोहि हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने।३. विशेष प्रस्तावका संशोधनहरुबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधन उपर नियमनकारी निकाय वा कार्यालय लयबाट कने बिषयमा थप संशोधन गर्न भाषिक संशोधन वा फेरबदल गर्न कनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने । आरम्भ चौतारी लघुवित्तले चैत्र २७ गते आइतबार काभ्रेको बनेपा स्थित बनेपा पार्टी भेन्युमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु २८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६,०२,२०,२६१/-(अक्षरुपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:साधारण प्रस्ताव:१) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आ.व.२०७७/७८ को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।३) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु.२८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६०२२०२६१।- (अक्षरेपी छ करोड दई लाख बिस हजार दई सय एकसटी रुपैया मात्र) र संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम रहेको चुक्ता पूँजी रु.३०,६९,२३,१४८/(अक्षरेपी तीस करोड उनान्सत्तरी लाख तेइस हजार एक सय अठचालीस रुपैया मात्र) समेतमा समायोजन गरी उक्त बोनश शेयर वितरण गर्न स्विकृति प्रदान गर्ने ।४) लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (बहालवाला लेखापरीक्षक श्री प्रसिद्ध आचार्य प्रसिद्ध ए एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य हुनुहुन्छ ।)५) संस्थाले साविक देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालक श्री विनोद ज्ञवालीज्यूको नियुक्ति अनुमोदन गर्ने।विशेष प्रस्ताव:१) संचालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजी रु.३०,६९,२३,१४८/- को २१ प्रतिशतले रु.६,०२,२०,२६१।- (अक्षरेपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्विकृती प्रदान गर्ने ।२) निम्नानुसारको विषयहरु अनुरुप संस्थाकोको प्रबन्धपत्र/नियमावलीमा संशोधन /थप गर्ने :(अ) विशेष प्रस्ताव नं. (१) मा प्रस्ताव गरे वमोजिम बोनस शेयर जारी गर्दा संस्थाको पुँजी समेत बृद्धि हुने हुंदा सो को लागि प्रबन्धपत्रमा संशोधन गरी पूँजी बृद्धि गर्ने।(आ) संस्थाको नियमावलीमा सञ्चालकहरुको भत्ता/सुविधा बृद्धि गर्ने ।३. भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) गर्ने/हुनेप्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।४. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने । सिद्धार्थ इन्स्योरेन्सले चैत्र ३० गते बुधबार पर्यटन बोर्डको सभाकक्षमा साधारणसभा गर्न लागेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:क. सामान्य प्रस्तावः१. सञ्चालक समितिको तर्फवाट अध्यक्ष ज्यू द्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा-नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह सहितको विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु छलफल गरी पारीत गर्ने ।३. लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व.२०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री एस.ए.आर. एसोसियट्स ,चार्टर्ड एकाउण्टेण्टस् कानुनत पुन: नियुक्त हुन सक्नेछ।४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चक्ता पंजीको ०.७८९५ प्रतिशतले हुन आउने रकम रु.८८,४२,१०५- नगद लाभांश प्रस्तावित वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) स्वीकृत गर्ने ।५. सञ्चालक समितिमा रिक्त स्वतन्त्र (विज्ञ) सञ्चालकको पदमा भएको सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।ख. विशेष प्रस्तावः१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. १६,८०,००,०००/- वरावरको वोनस शेयर जारी गर्ने ।२. प्रवन्ध पत्रको दफा ५ को (ख) मा रहेको पुँजी सम्वन्धि व्यवस्थालाई संशोधन गर्ने ।३. नियमावलीको नियम ५ को (ख) र (घ) पुँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने ।४. प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्धेश्य अर्न्तगत '(झ) सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने' व्यवस्था थप गर्ने ।५. निर्जिवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने ।६. नियमावलीको नियम २८ को उप-नियम १ मा रहेको सञ्चालकलाई प्रदान गरिने वैठक भत्ता सम्वन्धि व्यवस्थालाई संशोधन गरी वैठक भत्ता वृद्धि गर्ने ।७. संशोधित प्रवन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायवाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

२१% लाभांश पारित गर्न आरम्भ चौतारी लघुवित्तले चैत २७ गते बोलायो छैठौं साधारण सभा

चैत ६, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लमिटेडले छैठौं वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोमा बिहान ११ बजे शुरु गर्ने निर्णय गरेको हो ।  सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाका लागि तय भएका छन् ।  साधारण सभा तथा लाभांश प्रयोजनका चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

अझै ६ ओटा लघुवित्तले घोषणा गरेका छैनन् लाभांश, कुन - कुन कम्पनीको बाँकी ?

माघ ५, काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्म ६ ओटा लघुवित्त वित्तीय संस्था गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  जीवन विकास लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा गर्न बाँकी रहेका छन् ।  नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन ।  हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने तीन ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् ।  गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले ५ दशमलव ४१५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।  यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । लघुवित्त कम्पनीहरुले धेरै लाभांश दिने भएकाले लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।  लाभांश घोषणा गरेका धेरैजसो कम्पनीहरुले साधारण सभा सम्पन्न गरिसकेका छन् दुई कम्पनीले साधारण सभा हुन बाँकी रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन बाँकी रहेको छ ।  नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले माघ ६ गते साधारण सभा आयोजना गरेको छ । सभा क्रिक रिर्सोट धादिङबेशीमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने वा मर्जर प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते आयोजना गरेको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नार्गजुन नगरपालिका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ ।  सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी यस लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गरी थप हुन आएको शेयर सूचीकृत

माघ ४, काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।  यस कम्पनीले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको २ लाख १ हजार ६०० कित्ता साधारण सभा शेयर सूचीकृत भएको हो । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई १:०.८४ अनुपातमा प्राप्ति गरेको हो ।  प्राप्ति गरी कात्तिक ३० गतेदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।  देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको शेयरसँगै कम्पनीको कुल सूचीकरण शेयर ३० लाख ६९ हजार २३२ कित्ता भएको छ ।

बैंक तथा लघुवित्तहरुको आवश्यक संख्याबारे अध्ययन भईरहेको छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको जनाएको छ । आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बिच एकीकृत कारोबार शूभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंक तथा लघुवित्तहरु आवश्यक संख्याबारे अध्ययन भईरहेको बताएका हुन् ।राष्ट्र बैंकका  संचालक रेग्मीले आजको मिति सम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताएका हुन् । उनले केही नितिगत कुराहरुमा समेत सुधार गर्नु पर्ने बताएका छन् । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार आजदेखि शुरु

कात्तिक ३०, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय  संस्थाले प्राप्ति प्रक्रिया पूरा गरी मंगलवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका–१० मा आयोजित कार्यक्रममार्फत दुवै कम्पनीले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता गत चैत ९ गते भएको थियो। त्यसपछि दुवै कम्पनीको चैत ३१ गते आयोजित वार्षिक साधारण सभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो।  नेपाल राष्ट्र बैंकले पनि आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई गत कात्तिक १ गते अन्तिम स्वीकृति दिएको थियो। एकीकृतपश्चात  कम्पनीको चुक्तापूँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ पुगेको छ। कम्पनीले एकीकृत कारोबार शुरु गरेपछि ५२ ओटा जिल्लामा १४९ ओटा शाखा सञ्जालमार्फत सेवा दिने भएको छ।  एकीकृत कारोबार शुभारम्भ गर्दै प्रमुख अथिति एवं नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले आजको मितिसम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ ओटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताए। उनले केही नीतिगत कुराहरुमा सुधार गर्नुपर्ने धारणा पनि राखे।  कार्यक्रममा देउराली लघुवित्तका अध्यक्ष विनोद ज्ञवालीले कम्पनीलाई सबल र सक्षम बनाउँदै अगाडि बढ्ने योजना रहेको बताए।

आरम्भ चौतारी र देउराली लघुवित्तको एकिकृत कारोबार मिति तय

आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय सँस्था लिमिटेडले कार्तिक ३० गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।  आरम्भ चौतारीले देउराली लघुवित्तलाई गाभेपछि आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्थाको नामबाट एकिकृत कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।  बनेपा -१० काभ्रेपलान्चोक केन्द्रिय कार्यलय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्थाले बुटवल ४ रुपन्देही केन्द्रिय कार्यलय रहेको देउराली लघुवित्लाई प्राप्ति गरेको हो। प्राप्ति पश्चात बन्ने लघुवित्तको नाम 'आरम्भ चौतारी लघुवित्त' रहनेछ भने यसको केन्द्रिय कार्यलय बनेपा नगरपालिका १० मा रहनेछ। राष्ट्रिय स्तरको लघुवित्तको हैसियतले देशभर लघुवित्त सेवा प्रदान गर्नेछ। राष्ट्र बैंकले तोकेको सर्तअनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय सँस्था र देउराली लघुवित्त वित्तीय सँस्थाको स्वाप अनुपात १००: ८४ हुनुपर्नेछ। नेपाल राष्ट्र बैंकले दुवै लघुवित्तलाई यहि कात्तिक १ गते प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो। राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ 'यस बैंकको सञ्चालक समितिको निर्णयानुसार साविकको इजाजतपत्रप्राप्त आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले इजाजतपत्र प्राप्त वित्तीय संस्था देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सो संस्थाको सम्पर्ण सम्पत्ति तथा दायित्व आफमा सर्ने गरी प्राप्ति (एक्विजिशन) गरी मिति २०७८/०७/३० मंगलबारका दिनदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा 'आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट सञ्चालन गर्ने भएकाले “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिन (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन, २०७५)' को विनियम ११ को उप-विनियम (७) बमोजिम सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।'