माघ ४, काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।
यस कम्पनीले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको २ लाख १ हजार ६०० कित्ता साधारण सभा शेयर सूचीकृत भएको हो । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई १:०.८४ अनुपातमा प्राप्ति गरेको हो ।
प्राप्ति गरी कात्तिक ३० गतेदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।
देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको शेयरसँगै कम्पनीको कुल सूचीकरण शेयर ३० लाख ६९ हजार २३२ कित्ता भएको छ ।